गृहपृष्ठ ‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
सिम्रनको परिवर्तन व्यक्तिगत अनुभव मात्र नभई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मध्यविन्दु नगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावको एउटा उदाहरण हो ।
गण्डकी प्रदेश सरकारको रु। ७५ लाख र मध्यविन्दु नगरपालिकाको रु। ४१ लाख साझेदारी लगानीमा सञ्चालन गरिएको यो कार्यक्रम हाल नगरभित्रका ६६सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यान्वयनमा रहेको छ ।
कक्षा १ देखि ८ सम्म लागू गरिएको पाठ्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै जीवन उपयोगी सीप, नैतिक मूल्य, भावनात्मक सन्तुलन, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ ।
नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि देवकोटाका अनुसार कार्यक्रमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ । “पहिले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित थियो”, उनले भने “अहिले उनीहरू परिवार, समुदाय र सामाजिक उत्तरदायित्वसँग जोडिन थालेका छन् । सिकेका कुरा व्यवहारमा उतार्न थालेपछि विद्यालयको वातावरणसमेत सकारात्मक बन्दै गएको छ ।”
मध्यविन्दु –७ की अभिभावक लक्ष्मी न्यौपानेले पनि आफ्नो छोरिमा सकारात्मक परिवर्तन आएको बताउनु भयो । “पहिले विद्यालयबाट आएपछि मोबाइलमै झुण्डिन्थीन”, उनले भने भयो,“अहिले घरका काममा सघाउँने, ठूलाबडाको सम्मान गर्ने र जिम्मेवार बन्दै गएको देखेको छु ।” विद्यार्थीसँगै अभिभावकलाई पनि कार्यक्रमसँग जोड्ने उद्देश्यले यस वर्ष एक हजारभन्दा बढी अभिभावकलाई ‘हाम्रो खुसी’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको नगर प्रमुख भीमलाल अधिकारीले बताए । “हामीले विद्यालयमा मात्र सीमित नभई समुदायमै सकारात्मक सोच र संस्कारको वातावरण निर्माण गर्ने प्रयास गरेका छौं”,उनले भने “विद्यार्थी, शिक्षक र अभिभावकबीच साझा बुझाइ विकास हुँदा यसको प्रभाव अझ प्रभावकारी देखिएको छ ।”
‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण मध्यविन्दु नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइ केन्द्रका रूपमा समेत स्थापित हुन थालेको छ । यसै शैक्षिक सत्रदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि यो पाठ्यक्रम लागू गरेको छ । विद्यालय, परिवार र समुदायलाई एकै सूत्रमा जोड्दै विद्यार्थीको व्यवहार, सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित सञ्चालन गरिएको ‘हाम्रो खुसी’ कार्यक्रमलाई स्थानीय तहमा शिक्षा क्षेत्रमा गरिएको नवप्रवर्तनात्मक अभ्यासका रूपमा हेरिएको छ ।
प्रकाशित समय : ११:३७ बजे



















