global ime bank Long Banner Ad

गृहपृष्ठ झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै

दाङ। स्थानीय तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुलले वरपरका जिल्लाका नागरिकलाई समेत अवलोकन गर्ने महत्वपूर्ण पर्यटक गन्तव्यका रुपमा परिचय बनाएको छ ।

चारैतिर हरियाली नजिकै चिटिक्क परेको गाउँबीचमा कलकल बगेको बबई नदीमाथिको झोलुङगे पुलमा त्यस वरपरको मनमोहक दृश्याअवलोकन गर्नेको भीड नै लाग्न थालेको छ । त्यस क्षेत्रको अवलोकन गर्न टाढादेखि आउनेले सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छायाँ र पुलको आकर्षणले टिकटक बनाउने र फोटो खिच्नेहरु राम्रा दृश्य मोबाइल र क्यामेरामा कैद गर्न तँछाडमछाड गरेको देखिन्छ ।

उक्त पुल गत वर्षको गर्मीयामदेखि थप चर्चामा आएको हो । वरपरका सल्यान र रुकुम जिल्लाका नागरिक समेत ठूलो सङ्ख्यामा दृश्यालोकनका लागि आउने गरेको पाइन्छ ।
त्यस क्षेत्रको अवलोकनमा रहेकी सल्यानकी शारदा केसी भनछिन “सामाजिक सञ्जालमा यहाँको तस्बिर र भिडियो देखियो, दृष्य निकै राम्रो लाग्यो । वास्तवमा हेर्न आउन पर्ने खालकै रहेछ ।” उनले बबई नदीमाथि वरपरको आकर्षक दृष्य देखिने पुललाई थप पर्यटकीय क्षेत्रका रुपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए।

विसं २०७९ मा उक्त झोलुङ्गे पुल निर्माण भए पनि गत वर्षको गर्मीको समयमा पुल चर्चामा आएकोे पत्रकार लक्ष्मण बस्नेत बताछन । उनका अनुसार गत वैशाख र जेठ महिनाको गर्मी छल्न दैनिक एक हजारभन्दा बढी मानिस पुल अवलोकन र शीतलता प्राप्त गर्न पुगेका थिए ।

हाल बर्सात सुरु भइसक्दासमेत दैनिक पाँचदेखि छ सयसम्म पुल हेर्न आउन गरेका छन् । तीन करोड लागतमा निर्माण भएको उक्त पुलको लम्बाइ ४०० मिटर रहेको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको करविर चौधरीले बताउछन । उनका अनुसार दिउँसो वरपरको हरियाली र शीतलता प्राप्त हुने उक्त पुलबाट बिहान र बेलुका देखिने सुन्दर दृश्यले आगन्तु पाहुनालाई टिकटक र तस्बिर खिच्ने वातावरण बनाइदिन्छ ।

स्थानीय सरकारले तुलसीपुर बजारदेखि करिब १२ किमी दक्षिण पश्चिममा पर्ने पुलको वरपरको क्षेत्रलाई थप व्यवस्थित तुल्याउन तथा उद्योगी व्यापारी समुदायले पर्यटकलाई सुविधा प्रदान गर्ने पूर्वाधारलगायतका संरचना विकास र विस्तार गर्न स्थानीयको सुझाव छ ।

 

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु