global ime bank Long Banner Ad

गृहपृष्ठ रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

भैरहवा । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रमसहित कार्यसञ्जाल विस्तार गरी समयसापेक्ष सेवा सञ्चालन गरेको छ ।

नेपाल सरकारले जारी गरेको १०० बुँदै कार्यक्रम कार्यान्वयन गर्नेक्रममा नेपाल प्रहरीले अघि सारेको सो अवधारणालाई आत्मसात् गर्दै रुपन्देही प्रहरीले सूचना प्रविधिको प्रयोगमा जोड दिई चुस्तदुरुस्त एवं नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले ‘स्मार्ट पुलिसिङ’ को अवधारणाबमोजिम रुपन्देही जिल्लामा ‘क्राइम रेस्पोन्स भेहिकल’ ९सिआरभी० र ‘स्मार्ट पुलिस कन्ट्रोल रुम’ ९एसपिसिआर० सञ्चालन गर्न लागेको जानकारी दिए ।

तुलनात्मक रुपमा जनघनत्व र खुला सीमा बढी भएको रुपन्देही जिल्लामा आपराधिक घटनासहित जोखिमको मात्र पनि बढी हुनसक्ने यथार्थलाई दृष्टिगत गरी सूचना प्रविधिमा आधारित भई द्रुत गतिमा सेवा प्रवाह गर्न लागेको उनले बताए ।

प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार रुपन्देहीपछि बाँके, कपिलवस्तु, पश्चिम नवलपरासी, दाङलगायतका जिल्लामा पनि ‘स्मार्ट पुलिसिङ’ विस्तार गरिनेछ । यसैगरी, प्रविधिमा आधारित सेवाले अपराध नियन्त्रणलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउनुका साथै ‘प्रहरी–नागरिक’ सम्बन्धलाई अझ सुदृढ बनाउने र भन्सार छली, चोरी–तस्करी, सडक दुर्घटना र साइबर अपराध न्यूनीकरण तथा नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सूचना प्रविधिको क्षेत्रमा देखिएको विकाससँगै स्मार्ट पुलिसिङको अवधारणाबमोजिम प्रहरी सङ्गठन अघि बढ्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका स्मार्ट पुलिसिङ तथा अपराध अनुसन्धान विज्ञ प्रहरी निरीक्षक उज्ज्वल खड्काका अनुसार रुपन्देहीको मिलनचोक, कालिकानगर, योगीकुटी, मणिग्राम, कोटिहवा, बुद्धचोक, मायादेवी चोक, आँखा अस्पताल चोक, बसन्तपुर चोक र झुलनीपुरमा ‘सिआरभी’ बेस स्थापना गरी स्मार्ट सेवा सञ्चालन गरिने छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा स्थापना गरिने स्मार्ट पुलिस कन्ट्रोल रुम ९एसपिसिआर० लाई आधुनिक प्रविधि प्रणालीसँग जोडिने छ । यसबाट प्रहरी टोलीको परिचालन, निगरानी, नियन्त्रण, कमाण्ड, सिसिटिभी अनुगमन, डिजिटल अभिलेखीकरण तथा प्रहरी प्रतिक्रियाको सम्पूर्ण व्यवस्थापन एउटै केन्द्रबाट चौबीसँै घण्टा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले अघि सारेको स्मार्ट पुलिसिङ अवधारणाले साइबर अपराध, सीमापार अपराध, सङ्गठित अपराध, वित्तीय अपराध तथा आधुनिक सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न कृत्रिम बौद्धिकता (एआई), डिजिटल सूचना प्रणाली, डाटा विश्लेषण र अनुसन्धान प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी चन्दका अनुसार सिआरभी र एसपिआर प्रणालीले अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित बनाउने तथा कुनै अपराध, दुर्घटना, विपद् वा आकस्मिक घटनाको सूचना प्राप्त हुनासाथ सबैभन्दा नजिकको प्रहरी टोलीलाई डिजिटल प्रणालीमार्फत तत्काल परिचालन गरिने र घटनास्थलको सुरक्षा, प्रमाण संरक्षण, उद्धार तथा अनुसन्धानलाई एउटै प्रणालीमा जोडिने भएकाले सेवा प्रवाहमा गुणात्मक उपलब्धि हासिल भई प्रहरी र आमजनताबीचको सम्बन्ध अझ विश्वसनीय, सुदृढ र सुमधुर हुने छ ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु