global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु ???????????? ???? ????????, ?? ???? ?????????????? ?????? ????? ???????????? ?????? ????????, ?????? ??? ?????? ????????????? ????????? ??????????? ? ??????? ???? ???????÷????

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन)विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्नुुहुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्र्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु