global ime bank Long Banner Ad

गृहपृष्ठ हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

काठमाडौँ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो ।

केन्द्रका निर्देशक डा भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने छ र सात वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिए ।

उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्रथुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण सुरु गरिएको छ । विद्यार्थीको रगतको नमूना सङ्कलन गर्न ६५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ ।

उचेरेरिया ब्याक्रोफ्टी, ब्रुजिया मलायी र ब्रुजिया टिमोरी हात्तीपाइले लगाउने परजीवि हुन् । नेपालमा पाइने गरेको हात्तिपाइले रोगका बिरामी उचेरेरिया ब्याक्रोफ्टी नामक परजीवीबाट मात्र सङ्क्रमित भएको पाइएको केन्द्रका निर्देशक डा सापकोटाले जानकारी दिए ।

“ती जिल्लामा रहेका स्थानीयले छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि हामीले परजीवी छ÷छैन अध्ययन गर्दछौँ”, उनले भन्े, “यसपटक पनि हामीले त्यस जिल्लाका औषधि नखाएका बालबालिकामा अध्ययन गर्न थालेका हौँ ।”

सन् २०१९ पछि जन्मेका बालबालिकामा केन्द्रले अध्ययन गर्न थालेको हो । देशका ६३ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित भएको पाइएको छ । निर्देशक डा सापकोटाले आगामी आर्थिक वर्षमा हात्तीपाइलेको जोखिम रहेका अन्य जिल्लामा पनि अध्ययन गरिने जानकारी दिए । मसिनो धागो आकारको जुकाको परजीवीको सङ्क्रमणको कारण हात्तीपाइले रोग हुने गरेको छ ।

क्यूलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि यी परजीवी शरीरमा प्रवेश गर्ने र मानिसलाई यो रोग लाग्ने चिकित्सको भनाइ छ ।

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु