global ime bank Long Banner Ad

गृहपृष्ठ अरुण खोला–२ जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकको ३० करोड एकल लगानी

अरुण खोला–२ जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकको ३० करोड एकल लगानी

अरुण खोला–२ जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकको ३० करोड एकल लगानी

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत आयोजना निर्माणका लागि एकल ऋण लगानी गर्ने सम्झौता गरेको छ।

हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्द्धित उक्त आयोजनाका लागि बैंकले ३० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ तथा कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्।

आयोजनाको कुल अनुमानित लागत ४८ करोड ६४ लाख रुपैयाँ रहेको छ। लागत संरचनाअनुसार ६१.६६ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बैंकको ऋणबाट तथा बाँकी ३८.३४ प्रतिशत रकम प्रवर्द्धक कम्पनीबाट जुटाइनेछ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३.१८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। यसमध्ये सुख्खा याममा ४.८६४ गिगावाट घण्टा र वर्षायाममा ८.३१९ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

आयोजना निर्माण कार्य १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

प्रकाशित समय : २०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु