global ime bank Long Banner Ad

गृहपृष्ठ असहायको उद्धारमा मानवसेवाश्रम सक्रिय

असहायको उद्धारमा मानवसेवाश्रम सक्रिय

असहायको उद्धारमा मानवसेवाश्रम सक्रिय

झापा ।यहाँस्थित मानवसेवा आश्रम असहायहरूको उद्धार र उपचारमा सक्रिय छ । निःसहायहरूलाई अस्पताल पुर्याउन तथा सडकमा वेवारिस भएकाको उद्धार गर्न दाताको दानबाट एउटा जिप खरिद गरिएको छ ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित आश्रमको झापा शाखामा हाल १०३ जना वृद्धवृद्धा आश्रित छन् ।

सडक मानव र सहयोगापेक्षीहरूलाई उद्धार गरी आश्रममा ल्याउन र आश्रममा रहेकाहरूलाई अस्पताल लैजान रु ३५ लाखमा जिप खरिद गरिएको हो । जिप किन्न दाताले रु १६ लाख ३७ हजार ५५० प्रदान गरेका तथा बाँकी रकम अन्य माध्यमबाट व्यवस्थापन गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले बताए ।

यसअघि आश्रमले उद्धार एवं उपचारका लागि एम्बुलेन्स र अन्य सवारीसाधन भाडामा लिने गरेको थियो ।

आश्रम बनाउन स्थानीय रामबहादुर र लक्ष्मी प्रधानले दुई बिघा १० कट्ठा जग्गा दान गरेका थियभने भवन निर्माणमा रु एक करोड खर्च भएको जनाइएको छ ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु