global ime bank Long Banner Ad

गृहपृष्ठ भारतले पहिलोपटक १२ आणविक हतियार तैनाथ गरेको रिपोर्ट

भारतले पहिलोपटक १२ आणविक हतियार तैनाथ गरेको रिपोर्ट

भारतले पहिलोपटक १२ आणविक हतियार तैनाथ गरेको रिपोर्ट

नयाँदिल्ली । भारतले पहिलो पटक मोर्चामा १२ वटा आणविक हतियार तैनाथ गरेको देखिएको छ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) को हालैको प्रतिवेदनअनुसार भारतको आणविक हतियार भण्डार १८० बाट बढेर १९० पुगेको छ। प्रतिवेदनमा सन् २०२६ मा भारतले पहिलोपटक १२ वटा आणविक हतियार तैनाथ गरेको उल्लेख गरिएको छ, जबकि सन् २०२५ मा कुनै पनि हतियार तैनाथ गरिएको थिएन।

प्रतिवेदनमा पाकिस्तानसँग हाल १७० आणविक हतियार रहेको उल्लेख छ। यद्यपि कति तैनाथ छन् भन्ने स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन।

भारतले आफ्ना आणविक हतियारको संख्या, क्षमता र विवरण औपचारिक रूपमा सार्वजनिक नगर्ने नीति अपनाउँदै आएको छ। त्यसैले SIPRI र अन्य संस्थाहरूले अनुमानका आधारमा मात्र विवरण सार्वजनिक गर्दै आएका छन्।

SIPRI वार्षिक प्रतिवेदनअनुसार विश्व आणविक प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गरेको छ। अमेरिका, रूस, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, बेलायत, फ्रान्स र इजरायलसहित नौ देशसँग कुल १२ हजार ८७ आणविक हतियार रहेको अनुमान गरिएको छ। तीमध्ये करिब ९ हजार ७४५ हतियार सैन्य भण्डारमा प्रयोगका लागि तयार अवस्थामा रहेका छन्। एजेन्सी

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु