गृहपृष्ठ रुद्रशक्ति ट्राभल्सद्वारा वासरूमसहितको आधुनिक बस सेवा सुरु
रुद्रशक्ति ट्राभल्सद्वारा वासरूमसहितको आधुनिक बस सेवा सुरु
काठमाडौं । लामो दूरीका यात्रुहरूको सुविधालाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले पूर्वी नेपालमै पहिलोपटक वासरूमसहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काँकडभिट्टा–काठमाडौं रुटमा दैनिक दुईतर्फी सेवा सञ्चालन गर्ने जनाएको छ।
यात्रुलाई सुरक्षित, सहज र आरामदायी यात्रा अनुभव दिलाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त बसमा वासरूम (शौचालय)को सुविधा उपलब्ध रहेको छ। विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लामो दूरीका यात्रुहरूलाई लक्षित गर्दै यो सेवा उपयोगी हुने कम्पनीको विश्वास छ।
बसमा यात्रुको स्वागतस्वरूप मिनरल वाटर र वेलकम स्न्याक्स प्रदान गरिनेछ। साथै निःशुल्क वाइफाइ, एसी, मोबाइल चार्जिङ सुविधा, दुई बाई दुई आरामदायी सिट र ब्ल्याङ्केटको व्यवस्था गरिएको छ।
रुद्रशक्ति ट्राभल्सका काठमाडौं व्यवस्थापक उमेशराज भण्डारीले यात्रुलाई सुरक्षित, सहज र सुविधासम्पन्न यात्रा अनुभव प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।
त्यस्तै कम्पनीका अर्का व्यवस्थापक श्याम थापाले आधुनिक सुविधा र गुणस्तरीय सेवामार्फत यात्रुको विश्वास जित्ने लक्ष्यसहित सेवा विस्तार गरिएको जानकारी दिए।
कम्पनीले यात्रुको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै नेपाली यातायात क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरिएको जनाएको छ। वासरूमसहितको बस सेवाले लामो दूरीका यात्रुहरूलाई थप सहज र आरामदायी यात्रा अनुभव दिलाउने अपेक्षा गरिएको छ।
बसको टिकट जोरपाटी, गौशाला, कोटेश्वर, कलङ्की लगायत रुद्रशक्ति यातायात प्रा.लि. का आधिकारिक टिकट काउन्टरहरूबाट बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित समय : १७:३६ बजे



















