global ime bank Long Banner Ad

गृहपृष्ठ बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको अधिकांश समय नर्सरीमै बित्ने गरेको छ । बिहानदेखि साँझसम्म उनि नर्सरीका बिरुवाको स्याहारसुसार, मलजल गर्ने, ग्राहकको माग व्यवस्थापन तथा बिरुवा बिक्रीवितरणमै व्यस्त छन ।

उनले १० वर्षअघि स्थापना गरेको ‘बाङदेल नर्सरी सेन्टर’ आज जिल्लास्तरमा गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्रीका लागि परिचित बन्दै गएको छ । यही नर्सरी व्यवसायबाट उनले राम्रो आम्दानी गर्दै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेको छन ।

उनले विभिन्न प्रजातिका बिरुवा बिक्री गरेर वार्षिक करिब ३० लाख आम्दानी गर्दै आएको छ । विगत १० वर्षदेखि बिरुवा उत्पादन तथा बिक्रीवितरण गर्दै आएका बाङदेलले कफीसहित विभिन्न वन तथा फलफूलजन्य प्रजातिका बिरुवा उत्पादन गर्दै आएको छ न। गुणस्तरीय बिरुवा उत्पादन र व्यावसायिक नर्सरी सञ्चालनमार्फत उहाँ जिल्लाकै सफल तथा नमूना बिरुवा उत्पादक किसानको रूपमा परिचित बनेको छन ।

स्थानीय फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा उहाँले बिरुवा उत्पादनका लागि नर्सरी स्थापन गरेका छन। उनको नर्सरीमा कफीसहित वनजन्य लाम्पाते, सिमल, पानीसाज, खयर, खमारी, रुद्राक्ष एवं फलफूलजन्य एभोकार्डो, कागती, आँप, लिचीलगायतको बिरुवा उत्पादन हुँदै आएको छ ।

उनले सबैभन्दा धेरै कफी र लाम्पातेको बिरुवा उत्पादन गर्दै आएको छन । उनले टनेलभित्र कफी र लाम्पातेको बिरुवा ३०–३० हजार बोट, पानीसाज र खमारीको बिरुवा १०–१० हजार बोट, सिमल, खयर र रुद्राक्षको बिरुवा दुई–दुई हजार बोट तथा आँप, लिची, एभोकाडो र कागतीको बिरुवा एक–एक हजार बोट उत्पादन गरी बिक्री गर्दै आएको छन ।

उनका अनुसार कफीको बिरुवा जमिनको प्रतिगोटा २० का दरले र पोलिब्यागको प्रतिगोटा २५ का दरले नर्सरीबाटै बिक्री भइरहेको छ । अन्य वन तथा फलफूलजनन्य बिरुवा सबै प्रतिगोटा  ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको छ ।

सिजनमा बिरुवा लिन नर्सरीमै आउनेको घुइँचो लाग्ने गरेको उनले बताए । “कफीसहित वन तथा फलफूलजन्य बिरुवा बिक्रीबाट वार्षिक ३० लाख आम्दानी हुँदै आएको छ”, उनले बताए “अहिले धान्न नसकिनेगरी बिरुवाको माग आउन थालेको छ, यहाँ उत्पादित बिरुवा इलामसहित तथा बाहिरका समेत जाने गरेको छ ।”

बिरुवा इलामका विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानहरूले खरिद गरी लैजाने गरेको उनको भनाइ छ । त्यस्तै पूर्वका पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुरदेखि पश्चिम पाल्पा तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेको उनले बताए । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ ।

उहाँको नर्सरी सेन्टरबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीय १० जनाले दैनिक ज्यालादारीमा रोजगारीसमेत पाएका छन् । ‘नर्सरी सेन्टरमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक १० जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिएको छु”, उहाँले भन्नुभयो, “आफू स्वरोजगार भइ अरुलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।”

उनले पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर बिरुवा उत्पादन सुरु गरेको बताउछन। “बेरोजगार युवाहरू विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसियक रूपमा बिरुवा उत्पादन सुरु गरेको हुँ”, बाङदेल भन्नुहुन्छ, “निरन्तरता दिएर नवीनतम ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ । म आफ्नो व्यवसायबाट सन्तुष्ट छु ।”

कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उहाँको भनाइ छ । कफी र लाम्पातेलाई प्राथमिकतामा राखेर धेरैभन्दा धेरै बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी विस्तार गर्ने योजनामा रहेको उनले बताए । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादन व्यवसायलाई नै निरन्तरता दिने उनको भनाइ छ ।

प्रकाशित समय : १७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु