global ime bank Long Banner Ad

गृहपृष्ठ लागूऔषध सहित पाँच जना पक्राउ

लागूऔषध सहित पाँच जना पक्राउ

लागूऔषध सहित पाँच जना पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

सिन्धुली । कमलामाई नगरपालिका(९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेटसहित सुनसरी बराहाक्षेत्र नगरपालिका(३ बस्ने २२ वर्षीय अनिल राज धामीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा।४ ख ६८६२ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर महानगपालिका(२३ डेरा गरी बस्ने सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठा समेत ४ जनालाई लागूऔषध खैरो हेरोइन जस्तो जस्तो देखिने पदार्थ २१ ग्राम ४६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा खटिएको प्रहरीले दिनेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु