global ime bank Long Banner Ad

गृहपृष्ठ २०२६ फिफा विश्वकप विजेतालाई ७६३ करोड पुरस्कार

२०२६ फिफा विश्वकप विजेतालाई ७६३ करोड पुरस्कार

२०२६ फिफा विश्वकप विजेतालाई ७६३ करोड पुरस्कार

काठमाडौं । फिफा विश्वकप जुन ११, २०२६ मा सुरु हुँदैछ । यो प्रतियोगिता यसपटक संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्नेछन् । यो इतिहासको सबैभन्दा ठूलो फिफा विश्वकप हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा कुल ४८ टोलीहरूले च्याम्पियन बन्न प्रतिस्पर्धा गर्नेछन् । यो फिफा विश्वकप ३८ दिनसम्म चल्नेछ, जसमा कुल १०४ खेल खेलिनेछन् । यो विश्वकप फिफा इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने तय भएको छ । यस संस्करणमा कुल २.६४ ट्रिलियन रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन २०२२ मा कतारमा भएको खर्चभन्दा बढी हो ।

फिफाले यस संस्करणमा करिब ६ अर्ब दर्शकको अपेक्षा गरेको छ । यसको तुलनामा २०२२ कतार विश्वकपले ५ अर्ब दर्शकलाई आकर्षित गरेको थियो । यही कारणले फिफा विश्वकप केवल खेलकुद कार्यक्रम मात्र नभई विश्वव्यापी ब्रान्डहरू, प्रसारण कम्पनीहरू र डिजिटल प्लेटफर्महरूका लागि पनि ठूलो प्लेटफर्म मानिन्छ ।

फिफा विश्वकप २०२६ का मुख्य आकर्षणहरू

  • फिफा विश्वकप २०२६ मा कुल १,२४८ खेलाडीहरूले भाग लिनेछन् ।
  • कुल ४८ टोलीहरूमा प्रत्येकमा २६ खेलाडी हुनेछन् ।
  • यस प्रतियोगितामा पहिले खेलेका र यस पटक फर्कने ३५७ खेलाडी हुनेछन् ।
  • ८९१ खेलाडीहरूले आफ्नो फुटबल करियरमा पहिलो पटक विश्वकपमा भाग लिनेछन् ।
  • यस प्रतियोगितामा २२ विश्वकप विजेता खेलाडीहरू पनि देखिनेछन् ।

२०२६ फिफा विश्वकप तीन खेलाडीका लागि छैटौं विश्वकप हुनेछ

  • लियोनेल मेस्सी (अर्जेन्टिना) (३८ वर्ष)
  • क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) (४१ वर्ष)
  • गुइलेर्मो ओचोआ (मेक्सिको) (४० वर्ष)

खेलको समयमा एआईले रेफ्रीहरूलाई सहयोग गर्ने

फिफा विश्वकप २०२६ ले प्रविधिको हिसाबले पनि इतिहास रच्ने तयारी गरेको छ । प्रत्येक रंगशालामा १६ ट्र्याकिङ क्यामेराले खेलाडीको चाल रेकर्ड गर्नेछन् । पहिलो पटक एआई आधारित वास्तविक समय डिजिटल खेलाडी मोडेलहरू प्रयोग गरिनेछन् । साथै थ्रीडी डिजिटल मोडलिङले अफसाइड निर्णयहरू पहिलेभन्दा छिटो र सटीक बनाउनेछ ।

२०२६ फिफा विश्वकप विजेतालाई ७६३ करोड

२०२६ फिफा विश्वकपको कुल पुरस्कार राशि ८७१ मिलियन ८३ हजार करोड रहेको बताइएको छ । यो कतार विश्वकपभन्दा ४९ प्रतिशत बढी हो । गत वर्ष कुल पुरस्कार राशि ४१९० करोड थियो । यस पटक विजेता टोलीले लगभग ५० मिलियन (करिब ७६३ करोड रुपैयाँ) प्राप्त गर्नेछ । उपविजेता टोलीले ३३ मिलियन डलर पाउनेछ ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु