गृहपृष्ठ हुन्डाई नेपालद्वारा ‘World Cup to World Cup’ अफर सार्वजनिक : चार वर्षसम्म विशेष सुविधा
हुन्डाई नेपालद्वारा ‘World Cup to World Cup’ अफर सार्वजनिक : चार वर्षसम्म विशेष सुविधा
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले FIFA World Cup 2026 सँग हुन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ‘World Cup to World Cup’ अफर सार्वजनिक गरेको छ। Hyundai Motor Company ले फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा गतिशीलता (Mobility), उत्साह र प्रगतिमार्फत मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ। यही भावनालाई नेपालमा पनि विस्तार गर्दै उक्त अभियानमार्फत ग्राहकलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने विशेष स्वामित्व (Ownership) लाभहरू प्रदान गरिने जनाइएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा ४ लाखसम्मको आकर्षक नगद छुट, साथै ४४,४४४ सम्मको विशेष World Cup Bonus प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको व्यापक बीमा (Comprehensive Insurance) तथा सहज एक्सचेन्ज र मूल्यांकन सुविधासमेत उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार यस अभियानले ग्राहक सन्तुष्टि तथा लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधा र सहज एक्सचेन्ज सेवासँगै सबै हुन्डाई गाडीमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी तथा ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध रहेको जनाइएको छ, जसले ग्राहकलाई दीर्घकालीन मूल्य र थप विश्वसनीयता प्रदान गर्ने कम्पनीको विश्वास छ।
नेपालभर बिक्री तथा सेवा सञ्जाल विस्तार गरेको हुन्डाई विश्वसनीयता, नवप्रवर्तन र आधुनिक गतिशीलताका लागि परिचित ब्रान्डका रूपमा स्थापित छ।
हुन्डाई नेपालले आफ्ना सम्पूर्ण ग्राहकलाई नजिकको हुन्डाई शोरुममा गई सीमित अवधिका लागि सञ्चालन गरिएको ‘World Cup to World Cup’ अफरको लाभ लिन आग्रह गरेको छ।
प्रकाशित समय : १३:१३ बजे



















