global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली कांग्रेसले खुला गर्‍यो नयाँ क्रियाशील सदस्यता

नेपाली कांग्रेसले खुला गर्‍यो नयाँ क्रियाशील सदस्यता

नेपाली कांग्रेसले खुला गर्‍यो नयाँ क्रियाशील सदस्यता

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फाराम भर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो।

बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निर्णय गरेको जनाएको छ।

साथै, नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यताका लागि आवेदन दिन नेपाली कांग्रेसले आह्वान गरेको छ।

प्रकाशित समय : ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु