गृहपृष्ठ आज राष्ट्रिय सभा बैठक बस्दै, अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने
आज राष्ट्रिय सभा बैठक बस्दै, अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने
काठमाडौं — राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक सिंहदरबारमा दिउँसो १:१५ बजे बस्नेछ।
आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
त्यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने जनाइएको छ।
प्रकाशित समय : ०८:३४ बजे



















