global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले  सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ः०० बजे विपक्षी दलहरुको बैठक बोलाएको छ  ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले बताएको छ ।

नेता आङ्देम्बेले बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी(नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाएको हो ।

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा र १ः१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको  छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु