global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंकमा आबद्धले डालिया होटलमा विशेष छुट पाउने

नेपाल बैंकमा आबद्धले डालिया होटलमा विशेष छुट पाउने

नेपाल बैंकमा आबद्धले डालिया होटलमा विशेष छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई पोखरा, ०६ लेकसाइडमा रहेको डालिया होटेल प्रा।लि। ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई होटेलद्वारा तोकिएको विभिन्न सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १०५ देखि ३५५ सम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र डालिया होटेल प्रा।लि। को तर्फबाट बिबि निर्देशक सिता रायमाझीले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई डालिया होटेल प्रा।लि। द्वारा प्रदान गरिने सहुलियतपूर्ण सेवाबाट लाभान्वित हुनेछन् ।

नेपालभर २३१ शाखाहरु, २४६ ए।टि।एम। साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु(याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पु(याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु