global ime bank Long Banner Ad

गृहपृष्ठ पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध (भिडियो सहित)

पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध (भिडियो सहित)

पर्चा देखाएर सदनमा श्रम संस्कृति पार्टीको विरोध (भिडियो सहित)

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेको छ । सभामुखको अगाडि विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको हो ।
बैठकको कारबाही सुरु भएलगत्तै वेलमा पुगेर श्रम संस्कृतिका सांसदले सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चा देखाएका हुन् । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ, प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर भन्दै विरोध गरेको हो ।

उक्त पर्चा देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे । उनले भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ । सभामुखको अगाडि प्रदर्शन गर्नुभयो ।’ सभामुख अर्यालले संसदीय मर्यादामा बसेर विरोध गर्न निर्देशन दिए । यति बेला श्रम संस्कृतिका सांसद आफ्नो शरीरमा पोस्टर टाँसेर सिटमा बसेका छन् ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु