काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरगञ्जको घण्टाघर क्षेत्रमा सरसफाइ

11.72K
shares

वीरगञ्ज । राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगञ्जको घण्टाघर परिसरमा बृहत् सरसफाइ गरेको छ । सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालन गर्न अनुरोध गरेअनुसार नै यहाँ पनि सरसफाइ गरिएको हो ।

ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताहअन्तर्गत दिनहुँजसो सरसफाइ गर्दै आइरहेको जानकारी दिए । “हामीले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउनका लागि एक दिन मात्रै नभएर वर्षभरि नै सरसफाई र वृक्षरोपणको काम गर्दै आइरहेका छौँ,” उनले भने“सङ्घीय सरकारले राष्ट्रिय सरसफाइ सप्ताह मनाउन अनुरोध गरेपछि सरसफाइ नगर्ने त कुरै नै भएन ।”

वीरगञ्ज महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको एनके इन्टरनेसनल इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वीरगञ्जमा दिनको तीन पटकभन्दा धेरै सयम फोहोरमैला सङ्कलन गर्दै आइरहेको बताए । “हामीले नियमित रूपमा तीन पटकभन्दा धेरै समय सरसफाइकर्मी खटाएर वीरगञ्जलाई सफा बनाउने काममा खटिरहेका छौँ,” उनले भने“विगतको एक दशकको तुलना वीरगञ्जको सरसफाइ निकै राम्रो भइरहेको छ ।”

वीरगञ्जको घण्टाघर सन् १९७९ फ्रेबुअरी ७ तारिखमा स्थापना भएको थियो । जापानको योनागो सहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकको कथन छ ।