काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दिल्ली विस्फोटमा १० जनाविरुद्ध आरोप

2.31K
shares

स् भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी ९एनआइए० ले सन् २०२५ मा दिल्लीमा भएको घातक कार बम विस्फोट प्रकरणमा १० जनाविरुद्ध औपचारिक आरोप दायर गरेको छ । ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । अनुसन्धान एजेन्सीले अभियुक्तहरूलाई अल–कायदा प्रेरित समूहसँग सम्बन्धित रहेको दाबी गरेको छ ।

गत वर्ष नोभेम्बर १० मा दिल्लीको पुरानो क्षेत्रमा अत्यधिक भीडभाड हुने मेट्रो स्टेसन नजिक विस्फोट भएको थियो । राजधानीको संवेदनशील तथा पर्यटकीय क्षेत्रमै भएको विस्फोटले देशभर सुरक्षा चिन्ता बढाएको थियो ।

एनआईएका अनुसार घटनामा संलग्न भनिएका १० जनामध्ये एक जना कथित कार चालक मेडिकल डाक्टर उमर उन नबी पनि रहेका छन्, जो विस्फोटमै मारिएका थिए । जलेको अवस्थामा फेला परेको शवलाई डीएनए परीक्षणमार्फत पहिचान गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार नबीको मृत्यु भइसकेकाले उनीविरुद्धको मुद्दा स्वतः खारेज हुनेछ । बाँकी नौ जना भने अहिले हिरासतमा रहेका छन् ।

एनआईएले चार भारतीय राज्य तथा भारत प्रशासित काश्मीर क्षेत्रमा महिनौँसम्म अनुसन्धान गरेपछि बिहीबार नयाँदिल्लीस्थित अदालतमा सात हजार ५०० पृष्ठभन्दा लामो आरोपपत्र दर्ता गरेको हो ।

एजेन्सीले जारी गरेको वक्तव्यमा मुख्य अभियुक्त डा। उमर उन नबीसहित सबै १० जना ‘अन्सार गजवत–उल–हिन्द’ नामक समूहसँग आबद्ध रहेको दाबी गरिएको छ । उक्त समूहलाई भारतीय उपमहाद्वीपमा सक्रिय अल–कायदाको शाखा ‘अल–कायदा इन द इन्डियन सबकन्टिनेन्ट’ ९एक्युआइएस० सँग जोडिएको बताइएको छ ।

विस्फोटमा मृत्यु हुनेको सङ्ख्याबारे सुरुआती चरणमा केही अन्योल देखिएको थियो । अस्पताल स्रोतहरूले १२ जनाको मृत्यु भएको बताएका थिए भने आधिकारिक रूपमा ११ जनाको मृत्यु पुष्टि गरिएको छ ।

एनआईएका अनुसार अभियुक्तहरू अवैध रूपमा प्रतिबन्धित हतियार खरिदमा समेत संलग्न थिए । उनीहरूले एसल्ट राइफलजस्ता हतियारहरू सङ्कलन गरेको र सुरक्षा निकायलाई लक्षित गरी रकेट तथा ड्रोनमार्फत इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ९आइइडी० प्रयोग गर्ने योजना बनाएको आरोप लगाइएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूले आरोपितमध्ये केही ‘कट्टरपन्थी सोचबाट प्रभावित चिकित्सा व्यवसायी’ रहेको बताएका छन् । आरोपपत्रअनुसार कम्तीमा पाँच जना डाक्टर रहेका छन्, जसमा धेरैजसो काश्मीर क्षेत्रका हुन् ।

काश्मीर क्षेत्र सन् १९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि भारत र पाकिस्तानबीच विभाजित रहँदै आएको छ । दुवै देशले यो हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्दै आएका छन् ।

त्यहाँ दशकौँदेखि विद्रोही गतिविधि र सुरक्षा कारबाही चल्दै आएको छ । भारतीय प्रशासनविरुद्ध सक्रिय विभिन्न सशस्त्र समूहसँग भएको द्वन्द्वमा हजारौँ सैनिक, लडाकू र सर्वसाधारणको ज्यान गइसकेको छ । पछिल्ला वर्षहरूमा विद्रोही गतिविधि उल्लेखनीय रूपमा कमजोर बनाइएको भारतको दाबी छ ।

भारत र पाकिस्तानले एकअर्कामाथि विभिन्न सशस्त्र समूहलाई समर्थन गरेको आरोप लगाउने गरेका छन् । संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादी सूचीमा राखिएका केही समूहलाई लिएर पनि दुई देशबीच लामो समयदेखि आरोप–प्रत्यारोप हुँदै आएको छ ।

यद्यपि भारतीय पक्षले यस घटनासँग जोडिएको अन्सार गजवत–उल–हिन्द समूहलाई प्रत्यक्ष रूपमा पाकिस्तान समर्थित समूहका रूपमा सार्वजनिक आरोप लगाएको छैन । रासस