गृहपृष्ठ सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै
सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको हो ।
सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर सम्मेलनको आयोजना गर्न लागिएको बताए ।
“कर्णालीमै पहिलो पटक हुन लागेको उक्त सम्मेलनले यहाँको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्न विशेष योगदान पुर्याउने छ”, उनले भने “साथै यसले लगानी आकर्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा व्यावसायिक सहकार्य विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छौँ । कर्णालीका होमस्टे ९घरबास० देखि ठूला होटलसम्म तथा रारादेखि शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्मका पर्यटन प्याकेजलाई सिधा बजारसँग जोड्नेछ ।”
प्रकाशित समय : १७:२७ बजे




















