काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सदनप्रति सरकारलाई जिम्मेवार बनाउन एमालेको आग्रह

1.27K
shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले सदनप्रति सरकारलाई जिम्मेवार बनाउन आग्रह गरेका छ न ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई छलफल र जवाफमा उपस्थित गराउन माग गरे । आफूहरु हिजो पनि कुनै गैह्रसरकारी संस्थामा जागिर खाएर राजनीतिमा लागेको नभई निरन्तर जनताको सेवा गरेर आएकाले नयाँ सांसदहरुले पुराना सांसदप्रति पाठ पढाउन उचित नहुने तर्क उनले गरे ।

सांसद राईले नेपालको आर्थिक समृद्धिका लागि औषधिकारुपमा प्रयोग गर्ने गरी गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने तर्क गरे ।