काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

13.25K
shares

बरहथवा सर्लाही । रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

गए राति बरहथवाबाट मधुवनीतर्फ गइरहेको ज७प २६१३ नम्बरको मोटरसाइकल नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत रामनगर गाउँपालिका–५ वैजनाथ चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्रामपञ्चायत ढेगका ३५ वर्षीय गौरव पटेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मोटरसाइकलमा सवार २३ वर्षका सोही स्थानका उज्ज्वल पटेल गम्भीर घाइते भएका छन् । निजको सीतामढीमा उपचार भइरहेको उहाँले जानकारी दिए ।