गृहपृष्ठ हुलाकबाट घरमै राहदानी
हुलाकबाट घरमै राहदानी
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी अब हुलाकबाटै सेवाग्राहीको घरमा पु¥याउने भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीरकण गर्ने निर्णय गरेको थियो । सोही निर्देशनअनुसार सम्झौता भएको हुलाक निर्देशनालय सुर्खेतका निर्देशक पाण्डेले जानकारी दिए ।
निर्देशक पाण्डेले शर्तअनुसार हुलाक निर्देशनालय सुर्खेतले जिल्ला प्रशासनले उपलब्ध गराएको राहदानी बढीमा सात दिनभित्र सेवाग्रहीको घरमा पुर्याउनु पर्नेछ । विविध कारणबसः वितरण गर्न नसकेका राहदानी जिल्ला प्रशासन कार्यालयलाई फिर्ता गर्नुपर्ने तथा राहदानी सुरक्षा संवेदनशीलता ध्यानमा राखी सुरक्षित साथ ढुवानी र वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
गृह मन्त्रालय तथा हुलाक सेवा विभागको परिपत्रअनुसार राहदानी सेवा घरदैलोमा उपलब्ध गराउँदा लाग्ने नियमानुसारको हुलाक दस्तुर÷महसुल सम्बन्धित सेवाग्रहीबाट असुलउपर गरिने निर्देशक पाण्डेले बताए । उनका अनुसार हुलाक निर्देशनालयले राहदानी वितरणका लागि १०० थान खाममा हुलाक महसुलबापत लाग्ने टिकट टाँस गरी प्रशासनका कार्यालयको राहदानी शाखामा बुझाउनेछ । सम्झौता आजैदेखि लागू हुनेछ ।
प्रकाशित समय : १३:१६ बजे



















