global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

काठमाडौं ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएको छ ।

जना महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउदै उनले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भइ सकेको उल्लेख गर्नु भएको छ ।

एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि सङ्मणको आशङ्कामा उनीहरु सहित करिब १५० जना यात्रुहरु जहाजमै रहेको जनाइएको छ । हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ ।

जहाजमा रहेका दुई जना चालक दलका सदस्यहरूमा तीव्र श्वासप्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवाश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । हाल सङ्क्रणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परिक्षण गरिरहेको बताइएको छ ।

हान्ता भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने विश्व स्वास्थ्य सङठनले जनाएको छ । सङ्क्रमण सामान्यतया संक्रमितहरूको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानव–देखि अर्को मानवमा सर्ने जनाइएको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु