global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाली हस्तकला प्रदर्शनीमा दुई हजारभन्दा बढीले गरे अवलोकन

नेपाली हस्तकला प्रदर्शनीमा दुई हजारभन्दा बढीले गरे अवलोकन

नेपाली हस्तकला प्रदर्शनीमा दुई हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । काठमाडौंको गुहेश्वरीमा आयोजित एकदिने नेपाली हस्तकला प्रदर्शनीमा उल्लेखनीय सहभागिता देखिएको छ । प्रदर्शनीमा १०० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

घरकर्मका डिरेक्टर सन्तोष पुडासैनीका अनुसार विभिन्न क्षेत्रबाट ल्याइएका स्थानीय उत्पादनहरू प्रदर्शनीमा समावेश गरिएको छ । उनले प्रदर्शनीप्रति दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए ।

‘यो प्रदर्शनीमा १०० वटा स्टलहरु राखिएका छन् । आज मात्रै २ हजारभन्दा बढी मानिसहरूले प्रदर्शनीको अवलोकन गरिसकेका छन्,’ उनले भने, ‘नेपाली सामग्रीप्रति आगन्तुकहरूको आकर्षण बढ्दो देखिएको छ ।’ प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धन र नेपाली हस्तकलाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु