global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ग्रामीण भेगको प्रेमकथा ‘काजी’

ग्रामीण भेगको प्रेमकथा ‘काजी’

ग्रामीण भेगको प्रेमकथा ‘काजी’

काठमाडौँ । अभिनेता विपिन कार्कीले आफ्नो आगामी चलचित्र ‘काजी’ देखाइएको प्रेम कथा भिन्न रहेको बताएको छ ।

आगामी जेठ ८ गतेदेखि प्रदर्शन हुने फिल्मको बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेता कार्कीले चलचित्रमा देखिएको ग्रामिण भेगको प्रेमकथा ‘रोमियो जुलियट’ र ‘मुना मदन’जस्तै दीर्घकालसम्म सम्झिने खालको हुने विश्वास व्यक्त गरे ।

उनले भने, “हामीले काजी भन्नेबित्तिकै गाउँको मुखिया वा ठूलाबडालाई बुझ्छौँ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो । काजी परिवारबाट भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो । यो प्रेमिल जोडीको निस्वार्थ प्रेमको कथा हो । अहिलेको प्रविधिले धेरै कुरालाई सहज बनाएको समयमा काजीको प्रेमकथाले भावनात्मक रूपमा जोड्छ ।”

चलचित्रका निर्देशक लक्ष्मण रिजालले चलचित्र ‘कायरा’ निर्देशन गरेको झन्डै आठ वर्षपछि चलचित्र ‘काजी’मार्फत निर्देशनमा पुनः फर्किएको बताए । “यसपटक मैले ग्रामीण परिवेशमा आधारित प्रेमकथा ल्याउँदैछु, जसले निस्वार्थ प्रेमलाई प्रस्तुत गर्छ । अहिलेको पुस्ताका लागि यो प्रेम कथा नयाँ हुनेमा विश्वस्त छु । प्रेमको नयाँ कथ्यशैली प्रस्तुत गर्ने कोसिस गरेको छु”, निर्देशक रिजालले भने।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेको हो । उक्त चलचित्रमा अभिनेता कार्कीसँगै केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुवेदीलगायतको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजले पटकथा लेख्नुभएको उक्त चलचित्रमा चिन्तन राजभण्डारीले छायाङ्कन निर्देशन, कालीप्रसाद बास्कोटाले सङ्गीत सिर्जना, सुजिल कर्माचार्यले पाश्र्व सङगीत, कविराज गहतराजले नृत्य निर्देशन गरेको छ ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु