गृहपृष्ठ एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक आउँदो असोज ५ गतेदेखि काठमाडौंमा बस्ने भएको छ।

एमाले स्रोतका अनुसार उक्त बैठक असोज ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। पार्टीको नवौँ/दसौँ महाधिवेशनपछिको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो।

बैठकमा समसामयिक राजनीतिक स्थिति, पार्टीको साङ्गठनिक सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।

प्रकाशित समय : १०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु