काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

1.64K
shares

हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा त्रिशूली नदीको बाढीले सडक अवरुद्ध बनाएपछि हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गहरूमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

सवारी जामलाई नियन्त्रण गरी आवागमन सहज बनाउन स्थानीय प्रशासनले मालवाहक तथा यात्रुवाहक सवारीसाधनका लागि आउँदा र जाँदा फरक-फरक मार्ग (वन-वे) प्रयोग गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधन काठमाडौंतर्फ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग र काठमाडौंबाट हेटौंडातर्फ फर्किंदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ।

यस्तै, ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्नुपर्ने गरी रुट निर्धारण गरिएको छ।

प्रशासनले त्रिभुवन राजपथनजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका तथा भारी मालवाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगरी नजिकैको डाइभर्सनमार्फत आवतजावत गर्न अनुरोध गरेको छ।

विगतमा हेटौंडाबाट छोटो दूरीको मार्ग भएर काठमाडौं पुग्न ३ घण्टा लाग्ने गरेकोमा पछिल्लो समय सवारी चापका कारण झण्डै ५ घण्टा समय लाग्दै आएको छ। नयाँ रुट व्यवस्थापनले सडक जामको समस्या अन्त्य गरी यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विश्वास प्रशासनले लिएको छ।