global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी राजनीति गर्ने मात्र होइन, सामाजिक अभियान पनि हो । मेलमिलापको अभियान र चेतनाको अभियान पनि हो, जागरणको अभियान हो । साथै श्रमदान गरेर विकासमा टेवा पु¥याउने पार्टी पनि हो ।’

उनले पार्टीले भ्रष्टाचार, दलाली र कमिसन घुसखोरी काम नगर्ने बाचा गरेका छन् । ‘म तपाइँलाई के बचन दिन्छु भने मोलमोलाइ, दलाली, भष्ट्रचार, कमिसन वा घुसखोरी काम कदापि गर्ने छैनौं । आफ्ना सांसदलाई पनि सचेत गराई रहेको छु,’ उनले भने ।

आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन देश बनाउन, बचाउन र देशको सुधारको लागि लाग्ने उनले बताए । उनले भने,‘आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन, देश बनाउन र बचाउनको लागि हो । देश सुधार लागि लाग्ने छौं ।’

उनले सुशासनको पक्षमा दृढतापूर्वक उभिने र वर्तमान सरकारका गलत कार्यहरूको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु