global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ः समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ः समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ः समृद्ध नेपालको डिजिटल आधारशिला

मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी डे) विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।
‘सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार’ भन्ने मूल नारसाथ देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालमा कम्प्युटर भित्रिएको ऐतिहासिक दिनको स्मरण गर्दै मनाइने यस दिवसले डिजिटल रूपान्तरणको यात्रामा नेपालले तय गरेको प्रगतिलाई उजागर गर्दछ । आइसीटी क्षेत्रका बारेमा विविध ढंगले चर्चा गर्नु उचित छ ।

आइसीटी दिवसको ऐतिहासिक सन्दर्भ र सान्दर्भिकता
नेपालमा प्रविधिको इतिहास धेरै पुरानो छैन । सन् १९७१ (वि.सं. २०२८) मा जनगणनाका लागि पहिलोपटक (आइबीएम् १४०१) कम्प्युटर भित्रिएको थियो । सोही ऐतिहासिक घटना र मे महिनामा भएको क्यान महासंघको स्थापनालाई आधार मानी मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो ।

विगत १० वर्षदेखि क्यान महासंघको अगुवाइमा सुरु भएको यो दिवस अहिले सरकारी तवरबाट पनि व्यापक रूपमा मनाइनुले प्रविधि क्षेत्रको महत्त्वलाई राज्यले स्वीकार गरेको पुष्टि हुन्छ । अप्रिल २४ देखि नै सुरु हुने ‘आइसिटी सप्ताह’ले गाउँगाउँमा प्रविधिको जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रविधिको फड्को : अलार्मदेखि एआई (एआइ) सम्म
नेपालमा प्रविधिको विकासले जनजीवनमा आमूल परिवर्तन ल्याएको छ । हिजो भालेको डाकोमा उठ्ने नेपाली समाज आज स्मार्टफोनको अलार्ममा ब्युँझन्छ ।

डिजिटल जीवनशैलीस् अनलाइन बैंकिङ, इ–कमर्स, टेलिमेडिसिन र अनलाइन शिक्षा अब विलासिता नभई आवश्यकता बनिसकेका छन् ।

चमत्कारी उपकरणस् स्मार्टवाचबाट स्वास्थ्य जाँच गर्नेदेखि रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगसम्म नेपालले आफूलाई विश्व परिवेशसँग ढाल्दै लगेको छ ।
आर्थिक योगदानस् नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) मा प्रविधि क्षेत्रको योगदान र सफ्टवेयर निर्यातको सम्भावना निकै बलियो देखिएको छ।

नीतिगत सुधार र ‘डिजिटल नेपाल’को सपना
प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता अपरिहार्य छ । नेपाललाई सूचना प्रविधिमार्फत समृद्ध बनाउने हो भने सरकारले लगानी बढाउन र नीतिगत अवरोध हटाउन अब ढिला गर्नु हुँदैन । प्रविधि अब विलासिता होइन, विकासको इन्जिन हो ।

हालै सरकारलाई बुझाइएको ‘राष्ट्रिय एआई नीति २०२६’ को मस्यौदा र ‘ई—कमर्स निर्देशिका २०८२’ले डिजिटल नेपालको खाका कोर्न मद्दत पु¥याएको छ । दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न नेपालमै ‘टेक हब’को विकास र स्टार्टअपलाई प्रोत्साहन दिनु आजको मुख्य चुनौती हो ।
साइबर सुरक्षा र जिम्मेवार प्रयोग
प्रविधिको विकाससँगै विकृति र डिजिटल जोखिम पनि बढ्दै गएका छन् । अधिकारीले सधैं ‘राष्ट्रिय न्यूनतम सुरक्षा मापदण्ड (एनएमएसएस)’ को पालनामा जोड दिनुपर्छ । शिक्षाः विद्यालय तहदेखि नै साइबर सुरक्षाको शिक्षा अनिवार्य गरिनुपर्छ ।

सजगता ः प्रविधिको दुरुपयोगले व्यक्तिगत गोपनियता र राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउने भएकाले सचेतना अपनाउनु पर्छ ।

सुरक्षा संयन्त्र : सरकारी र निजी डेटाको सुरक्षाका लागि बलियो ‘फायरवाल’ र डेटा सेन्टरुको आवश्यकता छ ।

आगामी बाटो
सन् २०३० सम्ममा नेपाललाई दक्षिण एसियाकै प्रविधि निर्यात गर्ने प्रमुख राष्ट्र बनाउने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता छ । सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्र डिजिटल नेपालको सपना साकार हुन सक्छ ।

आजको यो आइसीटी दिवसले हामीलाई प्रविधिको सही सदुपयोग गर्दै समृद्ध र सुशासित नेपाल निर्माणमा लाग्न थप प्रेरणा प्रदान गरोस् ।

(लेखक: क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं सूचना प्रविधि विज्ञ हुन् )

प्रकाशित समय : १२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु