गृहपृष्ठ एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माविमा दियो खानेपानी ट्यांकी
एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माविमा दियो खानेपानी ट्यांकी
काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गोदावरी–५, कैलालीस्थित सो विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको हो ।
बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई एक कार्यक्रमका बीच खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे ।
फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित समय : ११:५० बजे




















