global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ हुम्लामा नुन वितरण

हुम्लामा नुन वितरण

हुम्लामा नुन वितरण

हुम्ला । नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ ।

स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए । उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बित्रीवितरण गरिएको छ ।

जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयबाट नुन बिक्रीवितरण गरिएको हो । तत्काल एक हजार ५०० क्विन्टल नुन आएपछि आर्थिक वर्ष २०८३/८४ का लागि ६ हजार १३० क्विन्टल माग गरिएको शाखा प्रमुख लामाले जानकारी दिए ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु