गृहपृष्ठ क्लासिकटेकको नयाँ इन्टरनेट–टिभी अफर
क्लासिकटेकको नयाँ इन्टरनेट–टिभी अफर
देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले “एक वर्ष जोड्नुस्, चार वर्ष हेर्नुस्” अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ३०० एमबिपिएस उच्च गतिको इन्टरनेट र आइपिटिभी जडान गर्दा चार वर्षसम्म आइपिटिभी सेवा निःशुल्क पाउनेछन् भने वाइफाइ सिक्स राउटर पनि बिना शुल्क उपलब्ध गराइनेछ ।
दैनिक करिब ४० रुपियाँको दरले वार्षिक जडान गर्न सकिने यो अफरमा एचडि तथा एसडि प्रिमियम टिभी च्यानल समाचार, मनोरञ्जन, बालबालिका र खेलकुदलगायत सयौं च्यानल समावेश छन् ।
सामान्यतया प्रतिमहिना ५ सय रुपियाँ पर्ने सेवा अफरमा मात्र २ सय ३ रुपियाँमा उपलब्ध हुने भएकाले तीन वर्षको टिभी बोनसबाट करिब ७ हजार ३ सय २२ रुपियाँ बराबरको फाइदा हुने कम्पनीले जनाएको छ ।
ग्राहकको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै ल्याइएको यस अफर बारे थप जानकारीका लागि नजिकको शाखा कार्यालयमा फोन वा कम्पनीको वेबसाइटमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रकाशित समय : १८:१६ बजे




















