global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सम्भावित जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको प्रष्टोक्ति

सम्भावित जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको प्रष्टोक्ति

सम्भावित जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको प्रष्टोक्ति

काठमाडौं । नेपाली सेनाले विपद् प्रतिकार्य र पूर्वतयारीलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्ने प्रयोजनका लागि तथ्याङ्क अद्यावधिक गरिएको स्पष्ट पारेको छ ।

सेनाका स्थानीय युनिटले आ–आफ्नो जिम्मेवारीका क्षेत्रमा हुनसक्ने विपद्का घटना व्यवस्थापनलाई सहज तुल्याउने हिसाबले सो कार्य गरेको सेनाद्वारा आज विज्ञप्तिमा उल्लेख छ ।

“बर्सातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीको योजना गर्दै आएको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विगतका वर्षमा भएका विपद्का घटनालाई समेत मध्यनजर गर्दै उक्त तयारी गरिएको सेनाले स्पष्ट पारेको छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु