nmb bank

गृहपृष्ठ कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता भएको छ । संसदीय दलको नेता चयन भएपछि उनी खड्कालाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन् ।

उनीहरुबीच सोमबार बेलुकी भेटवार्ता भएको हो । खड्काले सामाजिक सञ्जाल एक्समा भेटको फोटो राख्दै लेखेका छन्, ‘निवर्तमान सहमहामन्त्री, नेपाली कांग्रेसका नेता, मेरा मित्र–प्रिय भाइ मा. भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्णसफलताको शुभकामना व्यक्त गर्दछु ।’

यसपटकको संसद्को संरचनामा कांग्रेस दोस्रो ठूलो राजनीतिक दलको रूपमा उपस्थित भएकाले संसद्को समग्र प्रक्रियामा आङ्देम्बेको भूमिका प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ऐतिहासिक र महत्त्वपूर्ण रहने खड्काको विश्वास छ ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु