गृहपृष्ठ अदालतको सुनुवाइमा सहभागी नहुने अरविन्द केजरीवालको निर्णय
अदालतको सुनुवाइमा सहभागी नहुने अरविन्द केजरीवालको निर्णय
नयाँ दिल्ली :दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली उच्च अदालतको सुनुवाइमा सहभागी नहुने घोषणा गरेका छन्। मदिरा नीति (अन्तःशुल्क) प्रकरणमा सीबीआईले दायर गरेको पुनरावेदनमाथि हुने सुनुवाइमा आफू वा आफ्ना वकिल कोही पनि उपस्थित नहुने जानकारी उनले अदालतलाई दिएका हुन्।
सोमबार दिल्ली उच्च अदालतकी न्यायाधीश स्वर्णकान्ता शर्मालाई पत्र लेख्दै केजरीवालले उक्त इजलासमा आफूले न्याय पाउने आशा मरेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केजरीवालले लेखेका छन्, ”न्यायपालिकाप्रति पूर्ण सम्मान व्यक्त गर्दै मैले न्यायाधीश स्वर्णकान्ता शर्मालाई पत्र लेखेको छु। गान्धीजीको सत्याग्रहको सिद्धान्तअनुसार मेरो वा मेरा वकिलका लागि यस अदालतमा मुद्दा अगाडि बढाउन सम्भव छैन।’
केजरीवालले एउटा भिडियो सन्देश जारी गर्दै न्यायाधीश शर्मामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘न्यायाधीश स्वर्णकान्ता शर्माका दुवै सन्तान केन्द्र सरकारका लागि काम गर्छन्। सोलिसिटर जनरल तुषार मेहताले नै उनका छोराछोरीलाई मुद्दाहरू सुम्पने गर्छन्।’
प्रकाशित समय : १२:४० बजे



















