गृहपृष्ठ शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप
शेखर गोल्छाविरुद्ध ४ दिनको म्याद थप
काठमाडौँ । व्यवसायी शेखर गोल्छामाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ । जिल्ला अदालत काठमाडौँले गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका गोल्छालाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
शेखर गोल्छामाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ । उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा अनुसन्धान तथा कारवाहीका लागि धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन प्राप्त भएकाले सोही अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १८:३८ बजे


















