nmb bank

गृहपृष्ठ आजदेखि कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

आजदेखि कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

आजदेखि कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबार (आज)देखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । ‘घूमौं कर्णाली, हेरौं कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन तथा चलचित्र पर्यटन संवाद कार्यक्रम बैशाख ११ गते सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । बैशाख १२ गते सल्यानको कुपिण्डेदहमा चलचित्र पर्यटन समारोह आयोजना गरिनेछ । महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरिनेछन् । कर्णालीमा प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास तथा चलचित्र सम्बन्धी गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गर्दै विगत तीन वर्षदेखि महोत्सवले नयाँ अभियानको थालनी गरेको हो ।

अभियानमार्फत कर्णालीका कथा, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । महोत्सव निर्देशक चक्रबहादुर चन्दले कर्णालीको सम्भावनालाई उजागर गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । ‘कर्णालीमा चलचित्र पर्यटनको अत्यन्तै ठूलो सम्भावना छ, उनले भने, ‘यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सेतुको काम गर्नेछ ।’ महोत्सवका सल्लाहकार डा. महेन्द्रकुमार मल्लले चलचित्र र पर्यटनको संयोजनले समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । उनका अनुसार चलचित्र पर्यटनको माध्यमबाट कर्णाली मात्र होइन, समग्र राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ । महोत्सवले चलचित्रमार्फत जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने तथा यस विषयमा बनेका चलचित्रलाई प्रोत्साहन गर्ने योजना पनि डा मल्लको भनाई छ । विभिन्न बौद्धिक बहस, छलफल र अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन् ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु