nmb bank

गृहपृष्ठ साफ महिला च्याम्पियनसिपः एन्फाले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

साफ महिला च्याम्पियनसिपः एन्फाले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

साफ महिला च्याम्पियनसिपः एन्फाले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

साफ महिला च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

मगंलबार टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आगामी महिला च्याम्पियनसिप २०२६ को लागि ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।

भारतको गोवास्थित फातोर्डा रंगशालामा हुने च्याम्पियनसिप मे २५ देखि जुन ७ सम्म आयोजना हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्बाट तीन महिना निलम्बनमा परेको एन्फाले बन्द प्रशिक्षण अप्रिल २७ बाट सुरु हुनेछ। नियमित कप्तान सावित्रा भण्डारी (साम्बा)भने चोटको कारण टोलीमा समावेश छैनन्।

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीः

एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राणा, हिरा भुजेल, जेनिफर राणा, मान कुमारी दमाई, मिना देउवा नेहा कुमारी चौधरी, निशा थोकर, पुनम चेम्जोङ, प्रतिक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेणुका नगरकोटी, सबिना चौधरी, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु शिलु परियार, सुक्रीया मिया, सुशिला कुमारी र उषा नाथ ।

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु