काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजीनामाको हल्लाबीच रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगे सुधन गुरुङ

3.76K
shares

गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

गृहमन्त्री गुरुङ रविलाई भेट्न मंगलबार दिउँसो उनको निवास बूढानीलकण्ठ पुगेका हुन् ।

अहिले रवि निवासमा उनीहरूबीच छलफल चलिरहेको छ । सोमबार बिहान पनि गृहमन्त्री गुरुङ रविलाई भेट्न पुगेका थिए । गृहमन्त्री विवादमा तानिएपछि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबीच पनि सोमबार बेलुका भेटवार्ता भएको थियो ।

विवादास्पद व्यसायीसँग सम्बन्ध रहेको, व्यावसायिक साझेदारी गरेको र सम्पत्ति विवरणमा शेयरको विषय लुकाएको भन्दै गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब छ ।