nmb bank

गृहपृष्ठ लक्सनलाई पार्टीको पुनः समर्थन

लक्सनलाई पार्टीको पुनः समर्थन

लक्सनलाई पार्टीको पुनः समर्थन New Zealand Politics

लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल भएका छन। मङ्गलबार भएको आन्तरिक मतदानले उनि अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ ।

केन्द्र–दक्षिणपन्थी नेसनल पार्टीका नेता लक्सनले नोभेम्बरमा हुने आम चुनावअघि पार्टीको कमजोर जनमत सर्वेक्षणका कारण नेतृत्वमाथि प्रश्न उठेपछि विश्वासको प्रस्ताव अघि सारेका थिए । करिब तीन घण्टा चलेको ककस बैठकपछि उनले आफूले प्रस्तावित विश्वास मत पारित भएको जानकारी दिए ।

“मैले मेरो नेतृत्वप्रति विश्वासको औपचारिक प्रस्ताव पेस गरेको थिएँ”, उनले भने, “त्यो प्रस्ताव पारित भएको छ र यसले मलाई नेताका रूपमा मेरो ककसको समर्थन रहेको पुष्टि गरेको छ ।”

यद्यपि, उनले कति मतले जित हासिल गरे भन्ने खुलाउनुभएन । मतदान प्रक्रिया गोप्य राखिएको थियो र अन्तिम मत परिणाम स्वयं उनलाई पनि सार्वजनिक नगरिएको बताइएको छ । बैठकमा सहभागी सांसदहरूले मात्र मतदान गर्न पाएका थिए भने खराब मौसमका कारण वेलिङ्गटनतर्फका धेरै उडान रद्द हुँदा केही सदस्यहरू उपस्थित हुन सकेनन् ।

पछिल्ला महिनाहरूमा लक्सनको नेतृत्वबारे प्रश्नहरू बढिरहेका थिए । जनमत सर्वेक्षणमा उनको पार्टी ३० प्रतिशतभन्दा तल झरेको छ भने उनको व्यक्तिगत लोकप्रियता पनि घट्दो क्रममा देखिएको छ । यसै सन्दर्भमा केही सांसदहरू असन्तुष्ट रहेको र आगामी निर्वाचनमा पुनः निर्वाचित हुने सम्भावना कमजोर भएको चर्चा चलेको थियो ।

यस्ता अड्कलबाजीलाई लक्सनले ‘मिडिया सोप ओपेरा’ भन्दै अस्वीकार गरे । उनले अनुमान र हल्लामा आफू संलग्न नहुने स्पष्ट पार्दै अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनेमा जोड दिए ।

यातायातमन्त्री क्रिस बिशपले पनि नेतृत्व परिवर्तनको सम्भावनाबारे उठेका चर्चाहरूलाई खारेज गर्दै अन्ततः लक्सनलाई समर्थन गरेको बताए । उनका अनुसार पार्टीभित्र ‘राम्रो, इमानदार र बलियो’ छलफलपछि सबैजना एकजुट भएर अघि बढ्ने सहमति बनेको हो ।

 

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु