गृहपृष्ठ सरकारले पुनर्वासको व्यवस्थाविना नागरिक विस्थापित गर्नुहुँदैन : पूर्ण बस्नेत
सरकारले पुनर्वासको व्यवस्थाविना नागरिक विस्थापित गर्नुहुँदैन : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले स्थानीय तहले जनताको वस्तीमा डोजर चलाई राज्य आतङ्क मच्चाउने काम गरेको भन्दै उक्त कार्य तत्काल बन्द गरिनुपर्ने माग गरेका छन् । स्थानीय वासिन्दाको वस्ती भत्काउँदा सरकारी निकायबाट अत्यधिक बल प्रयोग भएको भन्दै उक्त कार्यको बस्नेतले निन्दा गरेका छन् ।
बस्नेतले भने, ‘जसको घर भत्काइँदै छ, उस्को घाँटी अठ्याइएको छ, कपाल भुतालिएको छ । ह्रवीलचेयर प्रयोगकर्तालाई हुत्याउने, दृष्टिविहीनमाथि कुटपिटसम्म भएको छ । यस्तो अमानवीय कार्य राज्यले तत्काल रोक्नुपर्छ ।’
आवास मानवअधिकारको आधारभूत हिस्सा भएको भन्दै पुनर्वासको व्यवस्थाबिना सरकारले नागरिक विस्थापित गर्ने कार्य गर्न नहुने उनको भनाइ छ ।
सुकुम्बासी समस्या कानुनी र प्रशासनिक विषय नभई मानव अधिकारसँग जोडिएको विषय भएको भन्दै डोजर आतंक मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उनको दावी छ ।
सुकुम्बासी समस्या दशकौँदेखि जटिल सामाजिक, आर्थिक र राजनीतिक मुद्दा भएको भन्दै सरकारले विस्थापन अघि सूचना, परामर्श र विकल्प उपलब्ध गराउनुपर्ने उनको धारणा छ ।
प्रकाशित समय : ०९:५६ बजे



















