काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संघीयतामाथि अझै चुनौती, सहकार्यबाटै समाधान खोज्न मुख्यमन्त्री कार्कीको सन्देश

1.79K
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै संघीय शासन प्रणाली कार्यान्वयनमै अझै चुनौती रहेको बताएका छन् । केन्द्रीकृत मानसिकता कायम रहँदा प्रदेश संरचनाले अपेक्षित गति लिन नसकेको उनले जनाए ।
मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशकपछि पनि व्यवहारमा संघीयता मजबुत बनाउन आवश्यक प्रयास अझै अपुग रहेको बताए । यस्तो अवस्थामा सहकार्य, समन्वय र सहअस्तित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ ।

उनले प्रदेश सरकारले छोटो अवधिमा गरेका कामहरू प्रभावकारी भए पनि लोकप्रियतावादी प्रवृत्तिका कारण ती कामहरू पर्याप्त रूपमा स्थापित हुन नसकेको उल्लेख गरे । पूर्वाधार निर्माण, लगानीमैत्री वातावरण सिर्जना, उद्यमशीलता प्रवद्र्धन र पर्यटन विकासका कार्यक्रममार्फत प्रदेशले आर्थिक आधार मजबुत बनाउने प्रयास गरिरहेको उनले जनाएका छन् ।

सीमित स्रोत र साधनका बाबजुद पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने दिशामा प्रदेश सरकार अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले विकासका लक्ष्य हासिल गर्न सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए । नयाँ वर्षले देशमा शान्ति, स्थायित्व र समृद्धिको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।