काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआरएनए नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मा लोक दाहाललाई

7.1K
shares

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
संयोजकमा नियुक्त गरिएको छ । एनआरएनएको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई २०२५–२०२७ कार्यकालका लागि यो जिम्मेवारी दिइएको हो ।

संघका अध्यक्ष डा. हेम राज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काद्वारा प्रेषित पत्रमा दाहाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न निर्देशन दिइएको छ ।
विभाग प्रमुख दाहालले अब विभिन्न क्षेत्रका पदाधिकारीहरूसँगको समन्वयमा बढीमा १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकारहरू प्रस्ताव गर्ने जानकारी दिए । उनले अप्रिल १५ भित्र नामावली बुझाउने बताए । विभाग प्रमुख दाहालले नेपालको पर्यटन पर्वद्धनमा एनआरएनएले सघाउने बताउँदै त्यसका लागि आफू समन्वकारी भूमिका खेल्नका लागि नै यो जिम्मेवारी लिएको बताए ।

कर्मथलो बेल्जियम बनाएका दाहाल नेपालको पर्यटन क्षेत्रसँग नजिक रहेर काम गर्दै आएका व्यक्ति पनि हुन् । उनले पर्यटन पर्वद्धन गर्ने उद्देश्यले उच्च हिमाली दौड आयोजना गर्ने सोँचमा रहेको बताए । हिमाल आरोहण गर्ने आरोही र भरियाबीचको सम्बन्ध सुमधुर बनाउन यस्तो प्रतियोगिता गराउने बताए । यसैगरी नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील बनाउने प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।