काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

4.37K
shares

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक जना सशस्त्र प्रहरी निरीक्षकलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोली शुक्रबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प, धनुषामा कार्यरत निरीक्षक विकल अधिकारीलाई घुसको रकमसहित नियन्त्रणमा लिएको हो ।

धनुषाको कमला–ढल्केवर–बागमती सडक निर्माणअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, काममा अवरोध गर्ने तथा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस माग्ने गरेको उजुरी परेकोमा बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले निरीक्षक अधिकारीलाई सेवाग्राहीसँग रु. ४०,००० घुस लिइसकेको अवस्थामा धनुषाको मिथिला नगरपालिका–१०, लालगढबाट पक्राउ गरेको छ ।

पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।