global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधि बिचको समन्वयबाट शिक्षामा सुधार हुन्छ : योगेशकुमार खड्गी

शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधि बिचको समन्वयबाट शिक्षामा सुधार हुन्छ : योगेशकुमार खड्गी

शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधि बिचको समन्वयबाट शिक्षामा सुधार हुन्छ : योगेशकुमार खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले शिक्षक, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको समन्वयबाट मात्र शिक्षामा दिगो सुधार सम्भव हुने बताएका छन् ।

वडा २७ द्वारा आयोजित एक दिने “शिक्षक पुनर्ताजगी कार्यक्रम” लाई सम्बोधन गर्दै उनले शिक्षकलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा उल्लेख गरे। उनका अनुसार शिक्षकले पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीमा नैतिकता, अनुशासन र जीवनोपयोगी सीप विकास गरिरहेका छन् ।

संघीय संरचनापछि माध्यमिक शिक्षा स्थानीय तहको मातहतमा आएसँगै वडा र विद्यालयबिचको सहकार्य अझ सुदृढ हुनुपर्ने उनले जोड दिए । साथै, शिक्षकको क्षमता अभिवृद्धि, तालिम तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउन वडा सधैँ तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे ।कार्यक्रममा वडा सदस्य सृष्टि कंसाकरले अरूलाई ज्ञान बाँड्नुअघि शिक्षक स्वयं शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने बताउँदै सोही उद्देश्यले पुनर्ताजगी कार्यक्रम आयोजना गरिएको स्पष्ट पारिन् ।अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश राज भण्डारीले शिक्षकलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेकोमा वडा २७ लाई धन्यवाद दिँदै शिक्षण कार्यलाई पवित्र जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले शिक्षकले विषयवस्तु मात्र होइन, विद्यार्थीको चारित्रिक विकासमा समेत ध्यान दिनुपर्ने बताए ।

त्यसै गरी, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले समयअनुसार शिक्षण पद्धतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षकलाई नयाँ सोच र ऊर्जा प्रदान गर्ने बताए । शिक्षा विभागले यस्ता तालिम सञ्चालन गर्दै आएको भए पनि वडा स्तरबाट यस्तो पहल हुनु सकारात्मक भएको उनको भनाइ थियो ।

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु