काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रमेश कर्पको “सधैं सँगै, हरेकपलमा” भावनासहित छैठौं संस्थापक दिवस सम्पन्न

2.79K
shares

रमेश कर्पले काठमाडौँको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रमको आयोजना गर्दै आफ्नो छैठौं संस्थापक दिवस मनाएको छ । “सधैं सँगै, हरेकपलमा”भन्ने मूलनाराको साथ आयोजित यस कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझालक्ष्यको अनुभूति सृजना गराएको थियो ।

कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टलहरू राखिएको थियो । यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यहरूबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ ।

संस्थापकको योगदान र मूल्यहरूको सम्मान
रमेश कर्पमा संस्थापक दिवस वार्षिक रूपमा चैत्र ६ मा मनाइन्छ, जसले स्वर्गीय अध्यक्ष इमेरिटस श्री रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गर्दछ । संस्थापकको दूरदर्शी नेतृत्व र मूल्य—इमानदारी, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकता ले कम्पनीको आधार तयार पारेको थियो । यस दिनले तीमूल्यहरूलाई पुनः पुष्टि गर्दै संस्थापकको योगदानको सम्मानगरेको छ ।

कर्मचारी र योगदानको सम्मान
संस्थापक दिवसको मुख्यआकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीहरूको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको थियो । यस अवसरमा प्रदान गरिएका पुरस्कारहरूमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरशीप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरशीप अवार्ड समावेश थिए । यी सम्मानहरूले कम्पनीका मूल्य र संगठन मायोगदान दिने व्यक्तिहरूको योगदानलाई उजागर गर्छ ।

भविष्यतर्फ अग्रसर
रमेश कर्पले ६ वर्षको सफलयात्रा पूरा गर्दै, नवप्रवर्तन, सुदृढ साझेदारी र व्यक्तिगत विकास तथा नेतृत्व सशकिरणमा निरन्तर लागि रहेको छ । संस्थापकको दृष्टिले मार्ग निर्देशन र कर्मचारीहरूको समर्पणले ऊर्जा प्राप्त गरी, रमेश कर्पनयाँ उपलब्धि र अवसरको खोजीमा सँगै अघि बढिरहेको छ।