काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लिभरपुलले अन्तिम–८ मा पीएसजीको सामना गर्ने

2.21K
shares

काठमाडौं । च्याम्पियनस लिगको अन्तिम ८ मा स्थान बनाएपछि इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लटले टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको बताएका छन् । बुधबार लिभरपुलले टर्किस क्लब गलातासारेलाई समग्रमा ४–१ ले पराजित गर्दै अन्तिम–८ मा स्थान बनाएको हो ।

मुख्य प्रशिक्षक स्लटले यही खेलमा खेलाडीले दबाबबीच अवसर सिर्जना गर्नमा केन्द्रित भएर खेल्न सफल भएको भन्दै खुसी व्यक्त गरे । “खेलको सुरुआतदेखि अन्त्यसम्म टिमले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो ।

खेलाडी, स्टाफ र समर्थकको अपेक्षा पनि यही नै थियो,” स्लटले भने, “खेलाडीले दबाब महसुस नगरीकन खेलको सुरुआतदेखि अवसर सिर्जना गर्नेमा केन्द्रित भएर खेले, जसले गर्दा रंगशालामा थप उत्साह थपेको थियो । आजको खेलको माहोल निकै स्मरणीय रहनेछ ।”

जितसँगै लिभरपुलले अन्तिम ८ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सित खेल्ने भएको छ । यी दुई टिमबीचको पहिलो लेग आउँदो अप्रिल ८ मा हुनेछ ।