काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2.33K
shares

काठमाडौँ। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत ५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँमध्ये २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि अनुमति पाएको थियो।

सोहीमध्ये सर्वसाधारणका लागि छुट्याइएको हिस्साबाट १० प्रतिशत अर्थात १ लाख ४ हजार कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूलाई छुट्याइएको हो। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।